थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २५८ पुग्यो 

शुक्रबार, जेष्ठ २, २०७७



नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितहरूमा मकवानपुर निवासी ३७ वर्षीय पुरुष, बाँके नैनापुर १, ३ र ५ वडाका १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षीय पुरुषहरू रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।

आज थपिएका संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको सहप्रवक्ता अधिकारीले जानकारी दिए । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ सय ५८ पुगेको छ । जसमध्ये ३६ जना उपचारपछि घर फर्किएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments