पूर्वी नवलपरासीमा एक युवकलाई कोराेना पुष्टि

बिहिबार, जेष्ठ १, २०७७



काठमाडौं । कोरोना भाइरस संक्रमण तिब्र गतिमा फैलिरहेको अवस्थामा बिहिबार पूर्वी नवलपरासीमा समेत संक्रमण फैलिएको छ ।

पूर्वी नवलपरासीमा भारतबाट आएका ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित पुरुष देवचुली नगरपालिका वडा नम्बर १२ का भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।  यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २४६पुगेको छ ।

काेराेना भाइरसका कारण देशभर लकडाउन प्रकृया अपनाइएकाे छ । गत चैत ११ गते देखी जारी लकडाउन जेठ ५ गते सम्मका जारी रहने छ । पछिल्लाे सय काेराेना भाइरस तिब्र रूपमा फैिलएसँगै लकडाउन थपिन सक्ने जनाइएकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments