कोरोना नियन्त्रण गर्न मन्त्री पोखरेलले बाेलाए सर्वदलिय बैठक

बुधबार, फाल्गुन २८, २०७६



काठमाडौं । विश्व भर फैलिदै गरेको कोरोना भाइरस अर्थात कोभिड १९ लाई रोमथाम तथा नियन्त्रण गर्न सर्वदलिय बैठक बस्दै छ ।

कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण गर्न गठित उच्चस्तरीय समन्वय समितिका संयोजक तथा उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिहरुलाई बैठकमा बोलाएका छन ।

बैठक बुधबार दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्दैछ। बैठकले कोरोनाको जोखिम न्यूनिकरण र सुरक्षाको बारेमा थप रणनीति बनाउने जनाइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments