उपचारपश्चात् घर फर्किनेको संख्या १४ लाख ४१ हजार नाघ्यो

आइतवार, बैशाख २८, २०७७



 कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वभर संक्रमित हुनेको संख्या ४१ लाख नाघेको छ ।

जोन हप्किन्स विश्वविद्यालय तथा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या ४१ लाख ७२८ पुगेको छ ।

यसैगरी विश्वभर कोरोना संक्रमणबाट २ लाख ८० हजार ४३१ जनाको मृत्यु भइसकेको छ भने १४ लाख ४१ हजार ४७५ जना निको भएर घर फर्किएका छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या १३ लाख ४७ हजार ३०९ पुगेको छ भने ८० हजार ३७ जनाको मृत्यु भइसकेको छ । यो विश्वमा मृत्यु भएकामध्ये एक तिहाईभन्दा बढी संख्या हो ।

स्पेन, इटाली, फ्रान्ससहितका देशमा दैनिक मृत्यु हुनेको संख्या कम हुँदै गएको छ । पछिल्लो २४ घन्टामा स्पेनमा १७९, इटलीमा १९४ र फ्रान्समा ८० जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । यस्तै बेलायतमा ३४६ जनाको मृत्यु भएको छ ।

मृत्युदरमा कमी आएपनि लकडाउन खुकुलो पारिएपछि संक्रमण बढ्ने चिन्ता पनि बढेको छ ।

कोरोना भाइरसका कारण बेलायतमा ३१ हजार ५८७ जनाको मृत्यु भएको छ भने इटलीमा ३० हजार ३९५, स्पेनमा २६ हजार ४७८ र फ्रान्समा २६ हजार ३१० जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments