कपिलवस्तुका २ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १०१

शुक्रबार, बैशाख २६, २०७७



काठमाडौं । नोभेल कोरोना भाइरसका दुई जना संक्रमित थपिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षण अनुसार दुई जनामा थप कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।

उनका अनुसार कोरोना संक्रमित देखिनेमा कपिलवस्तु-०८ निवासी १२ र २२ वर्षीय पुरुषहरु रहेका छन् ।

बुधबार एकै दिन १७ जनामा संक्रमण देखिएको थियो । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार संक्रमितको अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।

हालसम्म देशभर कोरोना संक्रमितको संख्या १०१ पुगेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments