थप १७ जनामा कोरोना संक्रमित भएको पुष्टि, संक्रमितको संख्या ९९ पुग्यो

बुधबार, बैशाख २४, २०७७



काठमाडौं । नेपालमा दिनानुदिन कोरोना संक्रमितको संख्या तीब्र गतिका साथ बढिरहेको छ । बुधबार मात्र पर्सामा १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

नेपालमा पहिलो पटक दुई महिनाको शिशुमा समेत कोरोना भाइरसकाे संक्रमण देखिएको हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनका क्रममा पर्सामा दुई महिना देखि ६६ वर्षका सम्म गरेर १७ जनामा कोरोना देखिएको पुष्टि  भएको बताएका छन । जसमध्ये सात महिला र १० पुरुष छन्।  यो सँगै नेपालमा संक्रमितको संख्या ९९ पुगेको छ । संक्रमित मध्ये २१ जना निको भएर घर फर्किसेका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments