उपचारपश्चात् घर फर्किने कोरोना संक्रमितको संख्या १२ लाख ३९ हजार नाघ्यो

बुधबार, बैशाख २४, २०७७



काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ५७ हजार नाघेको छ । बुधबार बिहानसम्म कोरोनाका कारण २ लाख ५७ हजार ९७२ जनाको ज्यान गएको छ ।

सबैभन्दा धेरै अमेरिकामा ७२ हजार २४१ को कोरोना संक्रमणका कारण ज्यान गएको छ । बेलायतमा २९ हजार ४२७, इटलीमा २९ हजार ३१५, स्पेनमा २५ हजार ६१३, फ्रान्समा २५ हजार ५३१ जनाको कोरोनाका कारण ज्यान गुमाएका छन् ।

हालसम्म विश्वकार २१५ देशमा फैलिएको कारोना ३७ लाख २३ हजार ५५४ जना संक्रमित भइसकेका छन् । १२ लाख ३९ हजार ३६८ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।

२२ लाख २६ हजार २१४ संक्रमितको उपचार भइरहेको छ । यसमध्ये २ प्रतिशत अर्थात ४९ हजार ३१९ कोरोना संक्रमितको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments