एकै दिन १० जना कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या ६९

आइतवार, बैशाख २१, २०७७



काठमाडौं । एकै दिन १० जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ ।  आइतबार नेपालगञ्जमा ९ र वीरगञ्जमा एक गरि १० जना नयाँ कोरोनाका संक्रमित भेटिएका हुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार नेपालगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये ५ पुरुष र ४ जना महिला छन् । र संक्रमित ७ देखि ५८ वर्ष उमेरका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या ६९ पुगेको छ। संक्रमित मध्ये १६ जना निको भएको भनिएता पनि एक जना पून: आइसोलेसनमा भर्ना भएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments