भारतमा एकै परिवारका पाँच जनामा कोरोना भाइरस

आइतवार, फाल्गुन २५, २०७६



केरला । विश्वभर फैलिएको कोरोना भाइरसको असर भारतमा डर लाग्दो ढंगले देखा परेको छ ।  चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरस विश्वका ९२ देशमा आफ्नो उपस्थिति देखाउन सफल भएको समयमा भारतको केरला राज्यमा देखा परेकाे घटना अहिले सम्मकै डर लाग्दो घटना मानिएको छ ।

कोरोना भाइरसकाे लक्षण केरलाको एकै परिवारका पाँच जना सदस्यमा देखा परेसँगै भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ३९ पुगेको भारतीय सञ्चार माध्यमले जनाएका छन । यस घटनाकाे खुलासा भएसँगै केरलाका  मानिसहरु अत्यधिक त्रसित देखिएका छन भने भारत सरकार विचित्रकाे दवाबमा  परेकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments