नेपालमा कोरोना संक्रमितको संख्या ६०पुग्यो

आइतवार, बैशाख २१, २०७७



काठमाडौं । विश्वव्यापी रुपमा महामारीकाे रूपमा फैलिएकाे कोभिड-१९ अर्थात कोरोना भाइरस संक्रमितहरु बढदै गइरहेका छन ।
आइतबार थप एक जना मा कोरोना भाइरसको संकमण फेला परेकाे हाे ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको नारायणी अस्पतालले जनाएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या ६० पुगेको छ । संक्रमित मध्ये १६ जना पुर्ण रुपमा निको भएर घर फर्किएको भए पनि उपचार पश्चात घर फर्किएका एक जना संक्रमित पुन अस्पताल भर्ना भएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments