कोरोना निकाे भइ घर फर्किएका युवक पून: आइसोलेसनमा

आइतवार, बैशाख २१, २०७७



काठमाडौं ।  एक साता अघि कोरोना भाइरस संक्रमण निको भइ घर फर्किएका युवकलाई पुन आइसोलेसनमा ल्याएको छ ।

रौतहट, इशनाथ नगरपालिकाका १९ वर्षीय युवकको रिपोर्ट शंकास्पद देखिएपछि उनलाई पून: नारायणी अस्पतालको आइसोलेसन वार्डमा ल्याइएको हो। गत आइतबार निको भएर नारायणी अस्पतालबाट डिस्चार्ज भएका उनलाई शनिबार राति साढे ७ बजेतिर उनलाई घरबाट नारायणी अस्पतालको आइसोलेसन वार्डमा ल्याइएको हो ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले  युवकको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि ल्याइएको पुष्टि गरेका छन । डिस्चार्जपछि ती युवक एक सातादेखि घरमा आफन्तसँग बस्दै आएका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments