थप दुई जना कोरोना संक्रमित भेटिए,संक्रमितकाे संख्या ५९ पुग्याे

शुक्रबार, बैशाख १९, २०७७



काठमाडौं । विश्वमा महामारीको रुपमा तिब्र गतिमा फैलिरहेको कोरोना भाइरसका संक्रमितको संख्या नेपालमा पनि बढदै गइरहेको छ ।

रुपन्देही एक र बाँके जिल्लामा एक जना गरि दुई जना कोरोना संमित भेटिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाले रुपन्देहीका- २५ वर्षीय र बाँकेका-६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । जस मध्य १६ जना पूर्ण रुपमा निको भएर घर फर्किसकेका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments