थप तीन जनामा कोरोना पुष्टि,संक्रमितको संख्या ५७ पुग्यो

बुधबार, बैशाख १७, २०७७



काठमाडौं । एकै दिन थप तीन जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।  बुधबार एकैदिन बाराको जीतपुर सिमरा नगरपालिका ४३ वर्षीय, सिम्रौनगढका ३१ वर्षीय र वीरगञ्ज-२ छपकैयाका ४६ वर्षीय पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

तीनै जना दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएकाे  बताइएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक जनाको रिपोर्ट पोजेटिभ आएको हो । यो सँगै नेपालमा संक्रमितको संख्या ५७ पुगेको छ । जस मध्ये १६ जना संक्रमित निको भएर घर फर्किसकेका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments