वीरगञ्जमा थप दुई जनामा कोरोनाको आशङ्का

आइतवार, बैशाख १४, २०७७



काठमाडौँ । वीरगन्जमा दुई जनामा कोरोना भाइरसको आशङ्का गरिएको छ । वीरगन्जको छपकैया मस्जिदमा आएर बसेका तीन जनाको सम्पर्कमा रहेका दुई जनामा कोरोनाको आशङ्का गरिएको हो ।

उनीहरूको स्वाब लिई पिसिआर परीक्षणका लागि काठमाडौँ पठाइएकोमा दुई जनामा पोजेटिभ देखिएको नारायणी अस्पताल स्रोतले जनाएको छ । दुई जना मध्य एक जनालाई नारायणी अस्पतालको आइसोलेसनमा ल्याइएको छ । उनी महानगरका सफाइ कर्मचारी हुन् । अर्का व्यक्तिलाई पनि आइसोलेसनमा ल्याउने तयारी भइरहेको जनाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पनि काेराेना भएकाे पुष्टि गरेकाे छ । याे सँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ५१ पुगेकाे छ । जस मध्षे १२ जना पुर्ण रूपमा निकाे भएर घर फर्किसकेका छन ।

हेर्नुहाेस  स्वास्थ्य मन्त्रालयकाे विज्ञप्ति

a

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments