कोरोना अपडेट : उपचारपश्चात् घर फर्किनेको संख्या ८ लाख ३६ हजार नाघ्यो

आइतवार, बैशाख १४, २०७७



विश्वमहामारी कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको संख्या २ लाख नाघेको छ ।

शनिबार ६ हजार बढीको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख नाघेको हो ।

यो भाइरसबाट सबैभन्दा बढी संयुक्तराज्य अमेरिकामा ५४ हजारले ज्यान गुमाएका छन् । त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै २ हजार ६५ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

त्यस्तै, इटालीमा २६ हजार, स्पेनमा करिब २३ हजार, फ्रान्समा साढे २२ हजार, बेलायतमा २० हजार, बेल्जियममा ७ हजार, इरान, जर्मनीमा समान साढे ५ हजार, ब्राजिल, नेदरल्याण्ड्समा ४/४ हजार, टर्कीमा २ हजार ७ सय, क्यानाडामा २ हजार ४ सय, स्वीडेनमा २ हजार बढीले कोरोनाबाट ज्यान गुमाएका छन् ।

आइतबार बिहानसम्म यो भाइरसबाट २९ लाख २० हजार व्यक्ति संक्रमित भएका छन् । जसमध्ये ८ लाख ३६ हजार विरामी उपचारपछि निको हुँदा २ लाख ३ हजारको ज्यान गएको छ ।

वर्ल्डोमीटरका अनुसार अहिले १८ लाख ८० हजार संक्रमतिको उपचार जारी छ । जसमध्ये १८ लाख २२ हजारको अवस्था सामान्य रहँदा ५८ हजार अर्थात् ३ प्रतिशत संक्रमितको अवस्था भने गम्भीर रहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments