कोरोनाको आशंका गरिएका चारै जनाको रिपोर्ट नेगेटिभ

मङ्लबार, फाल्गुन २०, २०७६



काठमाडौं । कोरोना भाइरसको आशंकामा टेकु अस्पतालमा भर्ना गरिएका चारै जनाको रिपोर्ट नेगेटिभ देखिएको छ ।  गत आइतबार चीनबाट एकजना र कोरियाबाट आएका तीनजना गरी चारजनालाई अस्पताल भर्ना गरिएको थियो।

हालसम्म जम्मा २३ जना बिरामीलाई कोरोना आशंकामा आइसोलेसनमा राखिएको छ । तीमध्ये १९ जना सकुशल घर फर्किसकेको अस्पतालका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डा.अनुप बास्तोलाले जनाएका छन ।

यस अघि चिनको वुहानबाट उद्धार गरि नेपाल ल्याइएका १५७ जना नेपाली नागरिकहरु क्वारेनटाइम सकेर सोमबार घर फर्किसकेका छन । उनीहरुको स्वास्थ्य रिपोर्ट नेगेटिभ देखिएपछि घर फर्काएको थियो । सरकारले कोरोना संक्रमणको जोखिमलाई नियाल्दै उच्च स्तरिय जोखिम न्यूनिकरण समिति निर्माण गरिसकेको छ ।त्यस्तै सर्वाेच्च अदालतले कोरोना प्रभावित देशहरुमा आवत जावत रोकन निर्देशन दिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments