भारतबाट फर्किएका वडा अध्यक्षमा कोरोना एन्टीबडी पोजेटिभ

सोमवार, बैशाख ८, २०७७



काठमाडौं । लकडाउनको समयमा भारतबाट फर्किएका एक जनामा एन्टीबडी पोजेटिभ देखा परेको छ ।  भारतबाट एक महिनापछि फर्किएका धनुषाका एक वडा अध्यक्षमा र्‍यापिड डाइग्नोस्टिक टेष्ट गर्दा एन्टीबडी पोजेटिभ देखिएको हो ।

जनकनन्दनी गाउँपालिका २ का वडा अध्यक्षको आरडीटी टेस्ट गर्दा पोजेटिभ देखिएको हो । उनी एक महिना भारत बसेर गत चैत २२ गते साँझ नेपाल पर्किएका थिए ।

कोरोना संक्रमण फैलिन नदिन लकडाउन गरिएको अवस्थामा उनी लुकेर घर आएको स्थानीयले बताएपछि चैत २४ गते उनलाई वडा नम्बर ४ स्थित विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो ।

उनको रिपोर्ट पोजेटिभ आएपछि प्रयोगशाला परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको जनाइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments