दोस्रो रिपोर्ट पनि नेगेटिभ आएपछि कैलालीमा उपचारार्थ कोरोना संक्रमित घर फर्किए

आइतवार, बैशाख ७, २०७७



काठमाडौं । कैलालीका युवा पनि कोरोना जितेर घर फर्किएका छन ।  कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय राज विकको कोरोनालाई जितेर घर फर्किने भएका छन्।

गत चैत २२ गते परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका उनको शनिबार नेगेटिभ रिपोर्ट आएको थियो। २४ घण्टामा परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएपछि उनलाई अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको छ।

विक  चैत ११ गते भारतको मुम्बईबाट नेपाल फर्किएका थिए। उनलाई, लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो। कोरोना देखिएको १६ दिनमै उनी डिस्चार्ज भएकाे हुन्। उनको दुई वटा रिपोर्ट नेगेटिभ आएपछि आइतबार ४ बजेपछि घर पठाउने घर पठाइएकाे सेती प्रादेशीक अस्पतालले जनाएको छ।

३१ जना मध्य चार जना पुर्ण रूपमा सन्चाे भएर अस्पतालबाट डिस्चार्ज भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । साथै अन्य २७ जनाकाे देशका विभिन्र अस्पतलमा उपचार भइरहेकाे जनाइएकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments