रौतहटमा १९ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १४ पुग्यो

सोमवार, बैशाख १, २०७७



काठमाडौँ । रौतहटको क्वारेन्टाइनमा रहेका १९ वर्षीय पुरुषमा कोरोना भएको पुष्टि भएको छ ।

राष्ट्रिय प्रयोगशाला टेकुमा गरेको नमुना परीक्षणबाट कैलालीको चुहा लम्की नगरपालिकाकी ६५ वर्षीया महिला र रौतहटमा क्वारेन्टाइनमा रहेका १९ वर्षीय पुरुषमा कोरोना भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । राैतहटमा क्वारेनटाइनमा रहेका पुरूषलाई अस्पताल लैजाने तयारी भएको जनाइएको  छ ।  यो सँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १४ जना पुगेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments