कैलालीको लम्कीमा ६५ वर्षीया महिलामा कोरोना भेटियो

सोमवार, बैशाख १, २०७७



काठमाडौँ । कैलाली जिल्लाको लम्की चुहा नगरपालिकामा ६५ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको छ । लम्की चुहा नगरपालिका वडा नं१ भरुवाकी ६५ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो ।

लम्की बहुमुखी क्याम्पसमा क्वारेन्टाइनमा रहेकी कोरोना पोजेटिभ देखिएको हो। र्‍यापिड टेस्टमा नेगेटिभ देखिएको उनको उनको काठमाडौँमा परीक्षण गर्दा पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा पुष्टि गरेको छ ।

उनी वीरगन्जमा सामान्य व्यापार गर्दै आएकी थिइन । उनको बारेमा केही बेरमा पत्रकार सम्मेलनको आयोजना गरी रिपोर्ट सार्वजनिक गर्ने स्रोतले जनाएको छ । याे सँगै सुदूरपश्चिम प्रदेशमा काेराेना संक्रमितकाे संख्या ५ पुगेकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments