बहराइनमा थप नौ जना नेपालीमा कोरोना भेटियाे

शनिबार, चैत्र २२, २०७६



काठमाडौं । बहराइनमा एकैसाथ नौ जना नेपालीमा कोरोना संक्रमण भएको जनाइएको छ ।

बैदेशिक रोजगारीको सिलसिलामा बहराइन पुगेका नौ नेपालीहरुमा एकै पटक कोरोना संक्रमण फेला परेको बताइएको छ । यस अघि बहराइनम तीन नेपालीमा कोरोना भएको पुष्टि भएको थियो ।

बहराइन स्थित नेपाली दुतावासका अनुसार क्वारेनटाइनमा बसिरहेका उनीहरुमा कोरोना संक्रमण फेला परेको जनाइएको छ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासका अनुसार नेपाली सहित चार सय कामदार बस्ने गरेका थिए ।  हाल विश्वमा कोरोना संक्रमणका कारण ५९ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments