कोरोना संक्रमितलाई लिन एम्बुलेन्स चालकले मानेन

शुक्रबार, चैत्र २१, २०७६



काठमाडौं । विश्वमा कोरोना भाइरसको संक्रमण तिब्र गतिमा फैलिरहेको छ ।  नेपालमा पनि हाल सम्म कोरोनाका ६ जना संक्रमित फेला परिसकेका छन । बिहिबार बाग्लुङमा एक ६५ वर्षीया महिलामा कोरोना पोजेटिभ देखा परेकाे थियाे ।

उनलाई उपचारका लागि गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको निर्देशनपछि संक्रमित महिलालाई धौलागिरी अञ्चल अस्पतालमा उपचारका लागि ल्याउने तयारी थियो । ती महिलालाई काठमाडौं ल्याउनका लागि नेपाल रेडक्रसको एम्बुलेन्स मार्फत ल्याउन खोज्दा चालक भने गायब भएका छन ।

चालकले आफूलाई रेडक्रसले सवारी चालकको नियुक्ति नदिएकाले जोखिम मोल्न नसक्ने भन्दै चाबी फालेर बिरामी फरार भएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गरौले बताए।  संक्रमित महिलालाई लिन एम्बुलेन्स चालक नमानेपछि स्वास्थ्य कार्यालयकै चालक पीपीई सहित पठाइएको जनाइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments