नेपालमा काेराेना संक्रमितकाे संख्या ६पुग्याे

बिहिबार, चैत्र २०, २०७६



काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ । बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मार्फत स्वास्थ्य मन्त्रालयले  छैंटाे व्यक्तीमा  कोरोना भएको पुष्टि गरेकाे हाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना संक्रमणको नतिजा पोजेटिभ आएका बिरामी   चैत ४ गते कतार एयरवेजको फ्लाइट नं क्युआर ६५२ मा आएकाे जनाएका छन  । प्रवक्ता डा. विकास देवकोटाले बिहीबार कोरोना संक्रमणको नतिजा पोजेटिभ आएको बिरामी बागलुङकी ६५ वर्षकी वृद्ध महिला भएको पुष्टि गरेका छन । नेपालमा अहिलेसम्म ११ सय ८४ जनाको कोरोना परीक्षण भएको छ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १६ सहित एक सय पाँचजना आइसोलेसनमा छन्।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments