वुहानबाट उद्धार गरिएका नेपालीमा कोरोना भाइरस छैन: स्वास्थ्य मन्त्रालय

बुधबार, फाल्गुन ७, २०७६



काठमाडौं । गत आइतबार चीनको बुहान प्रान्तबाट उद्धार गरिएका नेपालीमा कोरोना भाइरस (कोभिड१९) को संक्रमण नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  स्वास्थ्य मन्त्रलायले पत्रकार सम्मेलनको आयोजना मार्फत चीनबाट उद्धार गरि ल्याइएका नेपाली नागरिकहरुमा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि गरेको हो ।

चीनको वुहानबाट ल्याइएको १ सय ७५ जना नेपाली नागरिकको वुहानबाट क्वारेन्टाइन स्थल खरिपाटीमा आएको दिन नै परीक्षणको लागि सबैको नाक र घाँटीको र्‍यालको नमूना लिइएको थियो। क्वारेन्टाइनमा बसेका उनीहरुको दुई पटक स्वास्य जाँच गर्दा कुनै पनि संक्रमण देखा नपरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले अनुसार प्रयोगशालाले हिजो साँझ सबैको रिपोर्ट दिएको बताउँदै हाललाई कसैमा पनि कोरोनाको संक्रमण नदेखिएको बताए ।  विश्व स्वास्थ्य संगठनका अनुसार क्वारेन्टाइनका लागि चौध दिन बस्नु पर्ने छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments