चाैथाे कोराेना संक्रमित फेला

शुक्रबार, चैत्र १४, २०७६



काठमाडौं । नेपालमा चौथौं कोरोना संक्रमित फेला परेका छन ।  नेपालमा चौथो व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जनाएका छन ।

दुवईवाट फर्केर धनगढीस्थित सेती अस्पतालमा उपचार गराईरहेका ३४ वर्षीय पुरूषमा संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी गराइएको छ । उनकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे जनाइएकाे छ । यस अघि तीन जनामा फेला परेका संक्रमित मध्य एक जना पूर्ण रूपमा सन्चाे भएर घर फर्किसकेका छन भने अन्य दुइ जनाकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे जनाइएकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments