थप एक जनामा कोरोना भेटियो

बुधबार, चैत्र १२, २०७६



काठमाडौं । कोरोना भाइरस संक्रमणका नयाँ विरामी भेटिएका छन ।  शुक्रराज ट्रपिकल अस्पताल टेकुमा कोरोना संक्रमित अर्को विरामी भेटिएका छन्,स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गरेको छ ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ३ पुगेको छ ।  जसमध्ये एकजना निको भएर काममा फर्किसकेका छन भने फ्रान्सबाट आएकी १९ वर्षीया किशाेरीमा पनि सुधार हुँदै गरेकाे जनाइएकाे छ ।

नयाँ संक्रमण फेला परेका बिरामीकाे आइसोलेसनमा राखेर उपचार भइरहेकाे जनाइएकाे छ । नेपालमा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण गरिएको छ ।  जसमध्ये ६८४ को रिपोर्ट नेगेटिभ आएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका राजेशकुमार गुप्ताका अनुसार ३०-३१ वर्षका ती बिरामी केही दिनअघि एक खाडी मुलुकबाट नेपाल आएका हुन्।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments