एक जना नेपालीमा कोरोना भएको पुष्टि

सोमवार, चैत्र १०, २०७६



काठमाडौं । एक जना नेपालीमा कोरोना भाइरसको संक्रमण फेला परेको छ ।  सोमबार स्वास्थ्य मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा एक जना नेपालीमा कोरोना भाइरसको संक्रमण भएको जनाएकाे हाे  ।

फ्रान्सबाट कतार हुँदै चैत ४ गते काठमाडौं आएकी एक नेपाली नागरिकको स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हाे । १९ वर्षीया ती युवतीमा कोरोना भाइरसको संक्रमण आइतबार साँझ पुष्टि भएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले जानकारी दिए।

‘उनको परिवारलाई क्वारेन्टाइनमा राखेका छौं र उनी सँगै जहाजमा आएका अन्य मानिस कहाँ-छन्रु भनेर खोजी गर्दैछौं’, पत्रकार सम्मेलनमा मन्त्री ढकालले भने।

मन्त्रालयले प्रेस सम्मेलन गर्नुभन्दा केही घण्टा अघि नै विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कमा नेपालमा दुई जनामा सङ्क्रमण भएको विवरण देखिएको थियो।

केही साताअघि चीनको वुहानबाट फर्किएका एक नेपाली युवकलाई सङ्क्रमण भएको पुष्टि भएको पनि अहिले उनी स्वस्थ भइसकेको बताइएको छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments