गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना पुष्टि

शनिबार, असार १३, २०७७



काठमाडौं । गण्डकी प्रदेशमा थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  गण्डकी प्रदेशका तीन जिल्लामा थपिएका संक्रमित मध्ये सबै भन्दा बढि स्याङ्जामा २२ जना रहेका छन ।

गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता बिनोद बिन्दु शर्माका अनुसार अर्जुनचौपारी गाउँपालिकाका १२ महिनाको बच्चा, ६ महिला सहित १९ जना तथा पुतलीबजार, वालिङ र बिरुवाका एक, एक जनामा सङ्क्रमण देखिएको हो ।
त्यस्तै बाग्लुङका ८ जना र नवलपरासी सुस्ता पूर्वका २ जनामा पनि सङ्क्रमण पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ८ सय ३८ पुगेको छ । जस मध्ये १०१ जना उपचारपश्चात निको भएर घर फर्किएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments