एकै दिन ४३४ जना कोरोना संक्रमित थपिए

बिहिबार, असार ११, २०७७



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  विहिबार फेला परेका संक्रमित मध्ये  पुरुष ३८६ जना  र महिला  ४८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ११,१६२ जना  पुगेको छ ।  त्यस्तै आज  ३१२ जना कोरोना संक्रमित उपचारपश्चात घर फर्किएका छन । यो सँगै उपचार पश्चात घर फर्किनेको कुल संख्या २६५० पुगेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट नेपालमा थप दुइ जना संक्रमितले ज्यान गुमाएका छन । ७६ जिल्लामा फैलिएको कोरोना भाइरसबाट  हाल सम्म ज्यान गुमाउनेको संख्या २६ पुगेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments