कोरोना कारण थप एक जना पुरूषको मृत्यु, मृत्यु हुनेको संख्या २५ पुग्यो

बिहिबार, असार ११, २०७७



काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्याङजाका ५५ वर्षीय पुरुष रहेका छन ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा असार ८ गते  भर्ना भएका स्याङजाको आँधीखोला गाउँपालिका सिरुवारीका पुरुषको उपचारको क्रममा गए राती मृत्यु भएको हो । ती पुरुषमा कोरोना भाइरस सङ्क्रमणसँगै सिभियर निमोनिया, मधुमेह रोगको समेत समस्या रहेको प्रतिष्ठानले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

यो सँगै स्याङजामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ । नेपालमा  हाल सम्म २५ जनाको कोरोना भाइरस महामारीका कारण ज्यान गएको छ ।

हेर्नुहाेस विज्ञप्ति

corona

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments