पाल्पामा एकै दिन ९३ जनामा कोरोना पुष्टि

बिहिबार, असार ११, २०७७



काठमाडौं । पाल्पामा एकै दिन ९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहिबार भरतपुर अस्पताल चितवनले एक सुचना जारी गर्दै पाल्पामा ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

पाल्पाका विभिन्न ठाउँबाट २ सय ३४ जनाको स्वाबका नमूना परीक्षण गर्न भरतपुर प्रयोगशालामा ल्याएको थियो । उनीहरुको स्वाब परीक्षण गर्दा ९३ जनामा कोरोना संक्रमण देखा परेको अस्पतालले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments