कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो

मङ्लबार, असार ९, २०७७



काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस पछिल्लो समय नेपालमा तिब्र गतिका साथ फैलिरहेको छ ।  मंगलबार एकै दिन थप  ५३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज थप भएका संक्रमित मध्ये पुरुष ४४८ जना र महिला ९० जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । यो सँगै नेपालमा संक्रमितको संख्या १००९९ पुगेको छ ।

त्यस्तै आज एकै दिन ७६ जना कोरोना संक्रमित उपचार पश्चात घर फर्किएका छन । यो सँगै डिस्चार्ज हुनेको संख्या २२२४ पुगेको छ ।देशका ७६ जिल्लामा फैलिएको कोरोना भाइरसका कारण हालसम्म २४ जनाले ज्यान गुमाइसकेका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments