कोरोनाको कारण कर्णाली प्रदेशमा थप एक जनाको निधन

मङ्लबार, असार ९, २०७७



काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण नेपालमा पनि ज्यान गुमाउनेहरुको संख्या थपिदैछ ।

सोमबार राती कर्णाली प्रदेश अस्पतालमा एक कोरोना संक्रमितको निधन भएको छ । मृत्यु हुनेमा दैलखको दुल्लु नगरपालिका–३ का ३५ वर्षीय पुरुष  भएको कर्णाली प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डा.केएन पौडेलले बताए । डा. पौडेलका अनुसार, असार ३ गते उपचारका लागि आएका क्षयरोगका बिरामी ती पुरुषको परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

यो सँगै कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । त्यस्तै देशभर यो सँगै २४ जना कोरोना संक्रमितको ज्यान गइसकेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments