थप ४२१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९हजार २६ पुग्यो

आइतवार, असार ७, २०७७



काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस पछिल्लो समय नेपालमा तिब्र गतिका साथ फैलिरहेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जसमध्ये पुरुष ३५७ जना र महिला  ६४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. भागेश्वर गौतमले जानकारी दिए ।गौतमका अनुसार यो सँगै नेपालमा संक्रमितको कुल ९ हजार २६ संख्या पुगेको  छ । संक्रमित जिल्लाकाे संख्या ७५ पुगेकाे छ ।

त्यसै गरि आइतबार एकै दिन १९४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन । हाल सम्म डिस्चार्ज हुनेको कुल  संख्या १ हजार ७ सय ७२ रहेकाे  छ ।  त्यस्तै गुल्मीका एक जनाकाे काेराेना संक्रमितकाे   ज्यान गएकाे छ । याे सँगै ज्यान गुमाउनेकाे कुल संख्या २३ पुगेकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments