पछिल्लो २४ घण्टामा ४२६ जना कोरोना संक्रमित थपिए,संक्रमितकाे संख्या ८२७४ पुग्याे

शुक्रबार, असार ५, २०७७



काठमाडौं । विश्वव्यापी  महामारीको रुपमा फैलिएको कोरोना भाइरस नेपालमा तिब्र गतिमा फैलिरहेको छ । शुक्रबार एकै दिन थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सँगै कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । त्यस्तै आज एकै दिन  २ सय १६ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन । यो सँगै डिस्चार्ज हुनेको संख्या १४०२ पुगेको छ ।

७४ वटा जिल्लामा फैलिएको कोरोना भाइरसका कारण हाल सम्म २२ जनाको ज्यान गइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments