थप ५सय ८६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७ हजार १ सय ७७ पुग्यो

एक जना काेराेना संक्रमितकाे मृत्यु

बुधबार, असार ३, २०७७



काठमाडौं । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस तिब्र रुपमा फैलिरहेको छ ।  नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ८६ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

 बुधबार पत्ता लागेका संक्रमित मध्ये ५४६ जना पुरुष र ४० जना महिला रहेको छन ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए अनुसार, संक्रमितकाे संख्या ७ हजार १ सय ७७  पुगेकाे छ ।

त्यस्तै आज एकै दिन ९ जना कोरोना संक्रमित उपचारपश्चात घर फर्किएका छन । यो सँगै कोरोना जितेर घर फर्किनेको संख्या १ हजार १ सय ६७ पुगेको छ । त्यस्तैबाँकेमा एक जना काेराेना संक्रमित महिलाकाे ज्यान गएकाे स्वास्थ्य मन्त्रालयले पुष्टि गरेकाे छ । याे सँगै नेपालमा  हाल सम्म  कुल संक्रमित मध्ये २० जनाकाे ज्यान गएकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments