क्वारेन्टाइनबाट घर फर्काइएका २६ जनामा कोरोना पुष्टि

बुधबार, असार ३, २०७७



काठमाडौं । बर्दियाका क्वारेन्टाइनमा रहेका २६ जनालाई घर पठाइएपछि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  क्वारेन्टाइनमा रहेका  बर्दियाका बढैयाताल गाउँपालिका–१ र २ का २६ जनामा आरडीटी जाँच गरी घर फर्काइएको थियो ।

उनीहरुलाई जेठ २९ गते क्वारेन्टाइनबाट घर फर्काइएको थियो । जेठ ३१ गते स्वाब संकलन गरी नेपालगन्जस्थित भेरी अस्पतालको प्रयोगशालामा पीसीआर जाँच गर्दा उनीहरुमा बुधबार बिहान कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments