थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमतिको संख्या ६ हजार २ सय ११ पुग्यो 

सोमवार, असार १, २०७७



काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका संक्रमण दिन प्रतिदिन बढ्दै गइरहेको छ ।

डिसेम्बरको अन्त्य तिर चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरस हाल विश्वका अधिंकास देशहरुका तिब्र रुपमा फैलिएको छ । नेपालमा पनि पछिल्लो समय दिन प्रतिदिन सयौंको संख्यामा फैलिरहेको छ ।

सोमबार एकै दिन  ४५१ जना कोरोना संक्रमित थपिएका छन ।  जस मध्ये पुरूष ४१६ जना र ३५ जना महिला  रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमले जानकारी दिएका छन । याे सँगै काेराेना संक्रमितकाे संख्या ६ हजार २ सय ११  पुगेकाे छ ।

त्यस्तै आज  ६७ जना कोरोना संक्रमित उपचारपश्चात डिस्चार्ज भएका छन । यो सँगै कोरोना जितेर डिस्चार्ज हुनेको  संख्या १०४१ पुगेको छ । नेपाल हाल सम्म काेराेना संक्रमित मध्ये १९ जनाले ज्यान गुमाएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments