थप ४२५ जनामा कोरोना पुष्टि,संक्रमित ५७६० पुग्यो

आइतवार, जेष्ठ ३२, २०७७



काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण हाल सम्म ७८ लाख ८४ हजार ७ सय भन्दा बढि व्यक्ति संक्रमित भएका छन ।

कुल संक्रमित मध्ये ४ लाख ३२हजार ८ सय भन्दा बढिले कोरोनाकै कारण ज्यान गुमाएका छन । नेपालमा  पछिल्लो २४ घण्टामा थप ४२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  हाल सम्म नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. भागेश्वर गाैतमले जानकारी दिएका छन ।

त्यस्तै आज ६  जना कोरोना संक्रमित उपचार पश्चात घर फर्किएका छन । यो सँगै नेपालमा कोरोना संक्रमण जित्नेको संख्या ९ सय ७४ जना  पुगेको छ । नेपालमा कोरोना संक्रमणका कारण १९ जनाले ज्यान गुमाइसकेका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments