कोरोना  नियन्त्रणको नाममा ८ अर्व ३९ करोड ११ लाख ९९ हजार खर्च 

शनिबार, जेष्ठ ३१, २०७७

- भूपेन्द्र शाह



काठमाडौँ । विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण मुलुक आक्रान्त बनिरहेको छ । सरकारले कोरोना नियन्त्रणका नाममा करिब १० अर्व खर्च गरेको र त्यसको पारदर्शिता नभएको भन्दै सडक र सदनमा विरोध उत्पन्न भएसँगै सरकारले त्यसको खर्च विवरण सार्वजनिक गरेको हो ।

शनिवार प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले कोरोनाको नाममा के कति खर्च भएको हो भन्ने विवरण सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् । कोरोना रोकथाम, नियन्त्रण र उपचारमा भएको खर्च विवरण सीसीएमसी निर्देशन समितिको निर्णय अनुसार सार्वजनिक गरिएको थापाले जानकारी गरेका छन् ।

तीनवटै तहबाट हाल सम्म काेराेना राेकथाम तथा नियन्त्रणकाे नाममा ८ अर्व ३९ कराेड ११ लाख ९९ हजार खर्च भएकाे विवरण सार्वजिनक गरिएकाे हाे ।

संयीय संचित काेषबाट श्राेत व्यवस्थापनमा अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ अर्व ५८ कराेड ५२ लाख ८३ हजार,रक्षा मन्त्रालले २ अर्व ४० कराेड २४ लाख ५७ हजार,गृह मन्त्रालद्वारा २ कराेड ४५ लाख ८८ हजार, संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयद्वारा ५ कराेड २० लाख,सहरी विकास मन्त्रालयद्वारा १ कराेड ४२ लाख र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय २ कराेड ६९ लाख ७८ हजार गरि जम्मा ४ अर्व १० कराेड ५५ लाख ६ हजार खर्च गरेकाे छ ।

औषधी स्वास्थ्य सामग्रीमाकाे नाममा ३ अर्व ९० करोड ८८ लाख,स्वास्थ्य पूर्वाधारमा १ अर्व १२ करोड ५० लाख,जनशक्ति परिचालनमा ५ करोड ८३ लाख ३३ हजार,क्वारेन्टीनमा १३ करोड ५५ लाख ९ड हजार र अन्यमा ४० करोड १५ लाख ९ हजार गरी जम्मा ५ अर्व ६२ करोड ९२ लाख ४० हजार खर्च गरिएको छ ।

त्यस्तै सात वटै प्रदेशबाट २ अर्व २२ लाख ९३ हजार खर्च गरिएको छ । जस मध्ये सबै भन्दा धेरै सुदूरपश्चिम प्रदेशले३६ करोड ४८ लाख ७० हजार खर्च गरेको छ भने सबै भन्दा कम प्रदेश नम्बर ५ ले ७ करोड ७९ लाख ३० हजार खर्च गरेका छन् । स्थानीय निकायले भने २ अर्व ९८ करोड ५१ लाख ९४ हजार कोरोनाको नाममा खर्च गरेको विवरण सार्वजनिक गरिएको हो ।

हेर्नुहाेस विवरण सहित

cmc

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments