गण्डकी प्रदेशमा ३७ जनामा कोरोना पुष्टि  

शुक्रबार, जेष्ठ ३०, २०७७



काठमाडाैं । पोखराको मणिपाल अस्पतालमा उपचारत १ जनामा कोरोना संक्रमण देखिएको छ ।

मणिपाल अस्पतालमा उपचारार्थ पर्वत कुस्मा नगरपालिकाका-३५ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । उनले संक्रमित के का विरामी हुन् र अहिले अवस्था कस्तो छ भने नखुलेको बताए ।

गण्डकी प्रदेशमा शुक्रबार थप ३७ जनामा कोरोना संक्रमण देखिएको उनले बताए । गण्डकी प्रदेशका ४ जिल्ला स्याङ्जामा २२, पर्वतमा १३, तनहुँ र नवलपुरमा १/१ जनामा संक्रमण देखिएको बताए ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सख्या १ सय ८८ पुगेको छ । ति मध्ये १ जनाको मृत्यु भएको छ भने ११ जनालाई निको भएको छ ।

गण्डकी प्रदेशमा स्याङ्जामा ६०, बागलुङमा ४०, नवलपुरमा ३८, गोरखामा १५, पर्वतमा २२, कास्कीमा ५, तनहुँमा ४, म्यादीमा ३ र लमजुङमा १ जनामा कोरोना संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशका ११ जिल्लामध्ये अहिलेसम्म मनाङ र मुस्ताङमा भने १ जनामा पनि संक्रमित भेटिएका छैनन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments