कर्णाली प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि

मङ्लबार, जेष्ठ २७, २०७७



काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण पछिल्लो समय बढदै गइरहेको छ ।  देशभर तिब्र गतिमा फैलिएको कोरोना भाइरस कर्णाली प्रदेशमा पनि तिब्र रुपमा फैलिइरहेको छ ।

मंगलबार एकै दिन २० जनामा कोरोना भाइस संक्रति थपिएका छन । मंलबार मात्र सल्यानका १२ जना, सुर्खेतका ४ जना, जुम्लाका २ जना नयाँ संक्रमित भेटिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका प्रमुख लक्ष्मीनारायण तिवारीले जानकारी दिए । १६ जनाको पीसीआर प्रदेश अस्पताल सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा, २ जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा र २ जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा जाँच गर्दा काेराेना संक्रमण पुष्टि भएकाे हाे । याे सँगै  कर्णाली प्रदेशमा संक्रमितकाे संख्या ६७१ पुगेकाे छ ।

त्यस्तै हाल सम्म कर्णाली प्रदेशमा कुल संक्रमित मध्ये ११ जना डिस्चार्ज भएका छन भने तीन जनाकाे मृत्यु भएकाे छ ।

हेर्नुहाेस विज्ञप्ति

corona

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments