थप २१३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३४ सय ४८ पुग्यो

आइतवार, जेष्ठ २५, २०७७



काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले हाल सम्म ६९ लाख, ९९ हजार ७ सय भन्दा बढि संक्रमित भएका छन । कुल संक्रमित मध्ये ४ लाख २ हजार ५ सय बढि जनाले कोरोना भाइरसबाट ज्यान गुमाएका छन । त्यस्तै ३४ लाख २१ हजार भन्दा बढि उपचार पश्चात निको भएको वल्डोमिटरले जनाएको छ ।

पछिल्लो समय तिब्र गतिमा फैलिएको कोरोना भाइरसले नेपालमा समेत डेरा जमाउँदै गएको देखिन्छ । आइतबार एकै दिन २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जस मध्ये २०९ जना  पुरुष र जना ४ महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकाेटाले जनाएको छ । याे सँगै कुल संक्रमितकाे संख्या ३४ सय ४८ जना पुगेकाे छ । त्यस्तै आज एकै दिन १०२ जना उपचारपश्चात निको भइ घर फर्किएका छन ।  जसमध्य १०० जना पुरूष र २ जना महिला रहेका छन ।  यो सँगै डिस्चार्ज हुनेको ४६७ संख्या पुगेको छ ।

कुल संक्रमित मध्ये १३ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments