सप्तरीमा थप ७ जनामा कोरोना संक्रमण, १५ जना कोरना मुक्त

शनिबार, जेष्ठ २४, २०७७



सप्तरी । सप्तरीको बालन विहुल गाउँपालिकाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा थप ७ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

उनका अनुसार संक्रमित हुनेमा २ महिला र ५ पुरुष रहेका छन् । उनीहरू केही दिनअघि भारतबाट आएका थिए ।

यो सँगै सप्तरीमा संक्रमितको संख्या ७७ पुगेको छ ।

१५ जनाले जिते कोरोना  

प्रादेशिक अस्पताल जनकपुरधाम अन्तर्गत रहेको कोरोना विशेष अस्पतालबाट १५ जनाले कोरोना जितेका छन् । ९ जेठमा कोरोना पुष्टि भएर अस्पतालमा भर्ना भएका १४ पुरुष र १ महिलाले कोरोना भाइरस जितेका हुन् ।

धनुषा, महोत्तरी, सर्लाही र भारत बिहार मधवापुरका संक्रमित घर फर्केको प्रादेशिक अस्पताल जनकपुरका चिकित्सक डा. कुलदीप पण्डितले जानकारी दिए । उनका अनुसार ७ जना नेपाली र ८ जना भारतीय नागरिक घर फर्केका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments