कोरोना कारण थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या ११ पुग्यो

शुक्रबार, जेष्ठ २३, २०७७



काठमाडौं। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या दिनानुदिन बढ्दै गइरहेको छ ।
नेपालमा कोरोनाका कारण थप एक जना युवाको ज्यान गएको छ ।  पन्चपुरी नगरपालिका वडा नम्बर ९ विद्यापुर, सुर्खेत स्थित जनता माध्यमिक विद्यालयकाे क्वारेन्टाइनमा रहेका पन्चपुरी नगरपालिका वडा नम्बर १ का २० वर्षीय युवाकाे काेराेना भाइरसका कारण ज्यान गएकाे हाे ।  बिहीबार सुर्खेतमा मृत्यु भएका २० वर्षीय पुरूषमा कोरोनाको कारण मृत्यु भएको पुष्टि कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाकारी दिएको छ ।

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा‍.लक्ष्मी नारायण तिवारीदवारा जारी विज्ञप्ति अनुसार प्रदेश अस्पताल, सुर्खेतरपशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा उनको पीसीआर रिपोर्ट पोजिभिट आएको हो। यो सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ पुगेको छ ।

प्रदेश सरकार सामाजिक विकास मन्त्रालयद्वारा जारी विज्ञप्ति

corona

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments