थप ३३४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २६३४ पुग्यो

बिहिबार, जेष्ठ २२, २०७७



काठमाडौं । विश्वव्यापी कोरोना भाइरस महामारीका कारण ३ लाख ८८ हजार भन्दा बढिले ज्यान गुमाइसकेका छन ।

हाल सम्म ६५ लाख ९१ हजार भन्दा बढि कोरोना भाइरसका संक्रमित देखा परेका छन भने ३१ लाख ८३ हजार ५ सय भन्दा बढि उपचारपश्चात निको भएर घर फर्किएको वल्डो मिटरले जनाएको छ ।

तर नेपालमा पनि कारोना महामारी दिन प्रति दिन बढ्दै गइरहेको छ । बिहिबार एकै दिन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाएका छन । जस मध्ये ३१९ जना पुरुष र १५ जना महिला रहेका छन । आज १२  जना उपचारपश्चात कोरोना जितेर घर फर्किएका छन । हाल सम्म कुल २९० डिस्चार्ज भएका छन। जस मध्ये पुरूष २३४ जना र ५६ जना महिला  डिस्चार्ज भएका छन ।

यो सँगै नेपालमा हाल सम्म कोरोना संक्रमितको २६३४ संख्या पुगेको छ। जसमध्ये १० जनाले कोरोना भाइरसका कारण ज्यान गुमाइसकेका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments