वीरगन्ज अस्पतालबाट ५ जनाले कोरोना जिते 

बिहिबार, जेष्ठ २२, २०७७



काठमाडौं । वीरगन्जको गण्डकस्थित विशेष कोरोना अस्थायी अस्पतालबाट पाँच जना कोरोना भाइरस संक्रमित कोरोना जितेर डिस्चार्ज भएका छन ।

बिहिबार बिहान पर्साका ३ र बाराका २ गरी ५ जना निको भइ फर्किएका हुन् । पर्साको जिराभवानी गाउँपालिका ४ का २५ वर्षीय पुरुष, वीरगन्ज महानगरपालिका ५ का २५ वर्षीय पुरूष र वीरगन्ज महानगरपालिका १६ का ७० वर्षीय पुरूष डिस्चार्ज गरिएको अस्पताले जनाएको छ। यो सहित कोरोना जित्‍नेको संख्या २८३ पुगेको छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments