थप २०१ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २३ सय पुग्यो

बुधबार, जेष्ठ २१, २०७७



काठमाडौं । विश्वव्यापी रुपम फैलिएको कोरोना भाइरस नेपालमा पनि तिब्र गतिका साथ बढिरहेको छ ।

बुधबार एकै दिन २०१ जना  कोरोना संक्रमित थएिकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकाेटाले जानकारी दिएका छन । आज थपिएका कोरोना संक्रमित मध्य १७८  जना पुरुष र २२ जना महिला रहेका छन । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या पुगेकोछ ।

आज थप १२ जना डिस्चार्ज भएका छन । याे सँगै हाल सम्म उपचारपश्चात २७८ जना संक्रमित  डिस्चार्ज भएका छन ।    दाेलखा ७६ वर्षीया पुरूष काेराेना कारण निधन भएकाे छ । नेपालमा हाल सम्म कोरोना भाइरसका कारण ८ जनाले ज्यान गुमाउनु परेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments