थप २८८ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २०९९ पुग्यो

मङ्लबार, जेष्ठ २०, २०७७



काठमाडौं। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण दिन प्रतिदिन थपिदैं छ ।  मंगलबार थप २८८ जना कोरोना संक्रमित थपिएका छन । आज थपिएका कोरोना संक्रमित मध्य २७० जना पुरुष र १८ जना महिला रहेका छन ।

यो सँगै नेपालमा हाल सम्म कुल जना संक्रमित पुगेका छन । संक्रमित मध्ये मंगलबार  ४५ जना उपचारपश्चात डिस्चार्ज भएका छन । शिक्षण एक अस्पताल, गुल्मी  अस्पताल एक जना, भीम अस्पतालबाट २५, कपिलवस्तुका ९ जना, धरानबाट १८ जना डिस्चार्ज, झापाबाट १७ जना निकाे भएर घर फर्किएका छन ।

डिस्चार्ज हुनेकाे कुल संख्या २६६ जना संक्रमण जितेर घर फर्किएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकाेटाले जानकारी दिएका छन । हाल सम्म नेपालमा कोरोनाका कारण ८ जनाले ज्यान गुमाएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments