चिलीको लगातार दोस्रो जित

शनिबार, असार ७, २०७६



एजेन्सी । ब्राजिलमा भइरहेको कोपा अमेरिका फुटबलमा चिली लगातार दोस्रो जित निकाल्न सफल भएको छ । शनिबार बिहान भएको समूह चरणको खेलमा इक्वेडरलाई २-१ गोल अन्तरले पराजित गर्दै चिलीले लगातार दोस्रो जित निकालेको हो।

१० खेलाडीमा सिमित इक्वेडरविरुद्ध चिलीलाई जित दिलाउन जोसे फियुनजालीडा र एलेक्सिस सान्चेजले एक एक गोल गरे । इक्वेडरका इन्नर भ्यालेन्सियाले एक गोल फर्काए ।

नोभा फोन्टा एरिनामा खेलको आठौं मिनेटमा फियुनजालीडाले गोल गर्दै चिलीलाई अग्रता दिलाएका थिए । खेलको २६ औं मिनेटमा भ्यालेन्सियाले गोल गर्दै इक्वेडरलाई १-१ गोलको बराबरीमा ल्याएका थिए । तर, खेलको ५१ औं मिनेटमा सान्चेजले गोल गर्दै चिलीलाई २-१ को जित दिलाए ।

यस्तै खेलको ८९ औं मिनेटमा गाब्रियल एचिलरले रातो कार्ड पाएपछि अन्तिम केहि मिनेट इक्वेडर १० खेलाडीमा समेटिएको थियो ।

जितसंगै समूह सी को चिलीले २ खेलबाट ६ अंक जोडेको छ । र, तालिकाको शीर्ष स्थानमा रहेको छ । पराजित इक्वेडर २ खेलमा अंकविहीन हुँदै तालिकाको पुछारमा छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank